दक्षिण कोरिया /
किरात रदु नाछिरिङ साखाम केन्द्र, दक्षिण कोरिया प्रवाश समिति गठन भएको छ ।
दक्षिण कोरियामा रहेका नाछिरिङ सामुदायको विशेष भेला गरी प्रवाश समिति गठन गरिएको हो । उक्त भेलाले अशोक नाछिरिङलाई सर्वसम्मत अध्यक्षमा चुनेको छ । तेस्तै उपाध्यक्षमा रमेश नाछिरिङ र रोजिना नाछिरिङ, सचिव विक्रम नाछिरिङ, सहसचिव युवराज नाछिरिङ र कोषाध्यक्षमा धनकुमार नाछिरिङ चयन भएका छन् । गौचन नाछिरिङ, रुद्र नाछिरिङ, अनिल नाछिरिङ, विनय नाछिरिङ, अमर नाछिरिङ, दिल नाछिरिङ, दिनेश नाछिरिङ, वसन्त नाछिरिङ, चिङ्ग्मा नाछिरिङ, विकास नाछिरिङ, अमृत नाछिरिङ, रोशन नाछिरिङ, प्रमिश नाछिरिङ, टिका नाछिरिङ, चक्र नाछिरिङ, अप्सन नाछिरिङ, केशर नाछिरिङ, किशोर नाछिरिङ, दिपेन नाछिरिङ, एच. पि. नाछिरिङ, शेखर नाछिरिङ, तेजिन नाछिरिङ, तेज नाछिरिङ, सम्भु नाछिरिङ लगायतका सदस्यमा रहेका छन् ।
साथै किरात रदु नाछिरिङ साखाम केन्द्र, दक्षिण कोरिया सल्लाहकार समिति समेत गठन गरेको छ । सल्लाहाकार समितिमा मोहन नाछिरिङ प्रमुख सल्लाहकार, गोविन्द नाछिरिङ, ज्ञान बहादुर नाछिरिङ, विनोद नाछिरिङ, प्रकाश नाछिरिङ, दिपक नाछिरिङ र गणेश बाबु नाछिरिङ सल्लाहाकारमा रहेका छन् ।
समितिका अध्यक्ष अशोक नाछिरिङले दक्षिण कोरियामा रहेका सम्पूर्ण नाछिरिङ दाजुभाई दिदिबहिनीलाई समेटर कमिटि निर्माण गरिएको बताउदै किरात रदु नाछिरिङ साखाम केन्दको गतिविधिलाई सहयोग गर्ने बताएका छन् ।
किरात रदु नाछिरिङ साखाम केन्द्रले निर्माण गर्ने नाछिरिङ भाषाको पाठ्यक्रम अन्तिम चरणमा पुगेको छ । साखाम केन्द्रले चाँडै नै नाछिरिङ भाषाको पाठ्यपुस्तक, शब्दकोश र व्याकरण प्रकाशनको लागि समेत तयारी गरिरहेको छ ।