उद्देश्य

किरात रदु नाछिरिङ साखाम केन्द्रको उद्देश्य देहाय बमोजिम रहनेछ ।

1) यो संस्था मुनाफारहित, जनहितकारी सामाजिक संस्था हुनेछ ।

2)  नाछिरिङ जाति एक प्राचीन तथा ऐतिहासिक महत्व बोकेको जाति भएको हुँदा सो जातिको मौलिक भाषा, कला, परम्परागत ज्ञान, सीप, प्रविधि, संस्कृति, परम्पराको संरक्षण, सम्बद्र्धन र प्रबद्र्धन गर्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय पहिचान गर्ने ।

3) नाछिरिङ जातिको मौलिक पहिचानको संरक्षण र सम्बद्र्धन र प्रवद्र्धन गर्ने ।

4) नाछिरिङ जातिको मौलिक भाषा, कला, साहित्य, संस्कृति, परम्परा, धर्म र ज्ञान, सिप आदिलाई निरन्तर रुपमा जीवन्तता दिनको लागि नाछिरिङ भाषा र नेपाली भाषामा श्रव्य दृश्य चित्र ९म्यअगmभलतबचथ० र अभिलेखीकरण गर्ने ।

5) नाछिरिङ समुदायको बृहत्तर हितका लागि विभिन्न रचनात्मक तथा जनमुखी कार्यक्रम गर्ने ।

6) नाछिरिङ समुदायलाई राष्ट्रको विकास निर्माणमा ऐक्यबद्धता गर्दै नेपालका अन्य आदिवासी जनजातिहरुसँग भाइचारा, धार्मिक सहिष्णुता र राष्ट्रिय एकताको विकास गर्ने ।

7) सरकारी तथा गैरसरकारी संस्थासँग सहकार्य गर्ने ।

8) संस्था तथा समुदायको अधिकार स्थापना र विकासको लागि विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थाहरुसँग सहकार्य गर्ने ।

9) विभिन्न जातीय संघ संस्थाहरुसँग जातीय सद्भाव र सहयोगको विकास गर्ने ।

10) समग्र नाछिरिङ जाति समुदायको सर्वाङ्गीण विकास, जातीय उत्थान र चेतनाको अभिवृद्धि गर्ने ।

11) मानव अधिकार, असल शासन, जैविक विवधता, वातावरण संरक्षण सम्बन्धी जनचेतना जागरण गर्न कार्यक्रम संचालन गर्ने ।

12) आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन २०५८ को आदिवासी जनजातिको अनुसूचीमा सूचीकृत भई राष्ट्रबाट प्राप्त हुने विकास सुविधाको अधिकार उपभोग गर्ने ।

13) आदिवासीहरुको अधिकार सम्बन्धी संयुक्त राष्ट्र राष्ट्रसंघीय घोषणा पत्र र अन्तर्राष्ट्रिय श्रम संगठनको अभिसन्धी १६९ मा उल्लेखित आदिवासीहरुको अधिकार सम्बन्धी काम गर्ने ।

14) नाछिरिङ भाषाको पाठ्यक्रम निर्माण गरी पठन पाठन संचालन गर्ने, गराउने ।

15) नाछिरिङ जातिको विभिन्न ऐतिहासिक, धार्मिक तथा संस्कृतिक महत्व बोकेको सम्पदाहरुको संरक्षण, संबद्र्धन तथा प्रबद्र्धन गर्ने ।


बिज्ञापन