Categories
समाचार

नाछिरिङ संस्कार गर्न उपसमिति गठन

किरात रदु नाछिरिङ साखाम केन्द्रले आफ्नो सामुदायको लागि विविध गतिविधिहरु गर्दै आइरहेको सम्पूर्ण नाछिरिङ सामुदायलाई अवगत नै छ । आज यो संस्था सिङ्गो नाछिरिङ समुदायको भरोसाको केन्द्र बनेको छ । आम सामुदायले संस्थालाई गर्नुभएको प्रत्येक्ष परोक्ष सहयोगले थप हौसला प्रदान गरेको छ साथै भविष्यमा पनि निरन्तर सहयोग पाउने आशा र अनुरोध गर्दछौं ।

हामी नाछिरिङ समुदायहरुको उद्गम स्थल राधाम्मा भए पनि संसार नै एक गाँउ भएको सन्दर्भमा समय परिवेशले काठमाडौं पनि एउटा नाछिरिङको लागि महत्वपूर्ण ठाँउ बन्न पुगेको छ । यसै सन्दर्भमा काठमाडौंमा स्थाई वा अस्थाई बसोबास गरिरहेका हामी किराती नाछिरिङहरुलाई संस्कार संस्कृतिसँग सम्बन्धित गतिविधि गर्न समस्या भोग्नु परेको जागजहेर छ । हामी शहरमा जन्मनु भाग्य होला तर शहरमा मर्नु महा दुर्भाग्य सावित भएको अवस्थामा किरात रदु नाछिरिङ साखाम केन्द्र टुलुटुलु हेरेर बस्न उचित ठानेन तेसैले काठमाडौंमा नाछिरिङ समुदायको संस्कार सम्पन्न गर्नको लागि एक छुट्टै उपसमितिको गठन भएको छ ।

नाछिरिङ सामुदायको काठमाडौं वा प्रवाशमा असमायिक मृत्यु भई काठमाडौंमा दाहसंस्कार गर्न व्यवस्थापन गर्नको लागि किरात रदु नाछिरिङ साखाम केन्द्रको मातहतमा रमेश कुमार नाछिरिङ (सोलु) संयोजक, तथा कमलकुमारी नाछिरिङ (खोटाङ) सहसंयोजक, रहने गरी आकस्मीक सामाजिक सहयोग उपसमितिको गठन गरिएको छ ।

किरात नाछिरिङ संस्कार अनुसार दाहसंस्कार गर्नको लागि नोक्छोको रुपमा फौजे नाछिरिङ (खोटाङ) र अमर नाछिरिङ (सोलु) गरी २ जना नोक्छोको व्यवस्था गरिएको छ । उपलब्ध भए सम्म खोटाङ तिरको संस्कार गर्न खोटाङ तिरकै नोक्छो र सोलु तिरको संस्कार गर्न सोलु तिरकै धामीलाई प्राथमिकता दिइने छ तर गत मंशिरमा धरानमा सम्पन्न पुर्खा भेलाले संसार भरीको नाछिरिङ एउटै जाति हो भन्ने मूल निष्कर्षलाई आत्मासात गर्दै जुनसुकै जिल्लाले जुनसुकै नोक्छो प्रयोग गर्न सकिने छ ।

साखाम केन्द्रको आकस्मिक सहयोग समितिले मृतकको लागि एक थान बाकस (कफिन) उपलब्ध गराउने तथा दाह संस्कारको लागि सहयोग तथा समन्वयको कार्य गर्ने छ ।

भनिन्छ पशु र मानिसमा फरक भनेकै संस्कार हो, मानिसबाट संस्कार झिके पशु सरह हुन्छ । संस्कार संस्कृति नरहे न रहन्छ नाछिरिङ, न रहन्छौं तपाई हामी नै । तेसैले यो साखाम केन्द्रको आकस्मिक सहयोग समितिले प्रत्येक जिल्ला, प्रत्येक गाँउ वस्तीको नाछिरिङलाई वंशजको नाताले विना भेदभाव सहयोग गर्ने नै छ साथै कुनै भवितब्य, भैपरि आउने प्रतिकुल परिस्थितिमा सम्पूर्ण नाछिरिङ सामुदायहरु उपस्थित भैदिन हुन समेत यस आकस्मिक सहयोग समितिले अपिल गर्दछ ।

आकस्मिक सहयोग उपसमिति

संयोजक: रमेश कुमार नाछिरिङ, सोलु 9823412748
सहसंयोजकः कमल कुमारी नाछिरिङ,
खोटाङ 9841496294
सदस्यः सरिता नाछिरिङ, इलाम, 9851229188
सदस्यः अमर नाछिरिङ, सोलु,
सोलु, 9841844203
सदस्य : कमल बहादुर नाछिरिङ,
सोलु, 9823064470
सदस्य : राजविर नाछिरिङ, खोटाङ 9860866886

Leave a Reply

Your email address will not be published. Required fields are marked *