Categories
समाचार

नाछिरिङ पाठ्यपुस्तकको लागि लेख रचना उपलब्ध गराउनेबारे सूचना

किरात रदु नाछिरिङ साखाम केन्द्रले कक्षा २ को पाठ्य पुस्तक प्रकाशनको लागि पुस्तक लेखन समिति गठन गरिसकेको छ । उक्त कक्षा २ को नाछिरिङ भाषाको पुस्तकको लागि यहि कार्तिक २५ गते भित्रमा लेख रचना उपलब्ध गराई पाठ्यपुस्तक निर्माणमा सहयोग पु¥याउन हुन हर्दिक अनुरोध गर्दछौं

रचनामा हुनु पर्ने विशेषताहरु:

१. कक्षा २ मा अध्ययन गर्ने बाल मनोविज्ञानमा आधारित सरल भाषा शैली भएको ।
२. लेख रचना नाछिरिङ जातिको जिवन शैली, मौलिक संस्कृति, सामाजिक, आर्थिक, प्राकृतिक, वातावरण, विज्ञान तथा प्रविधि सँग सम्बन्धित हुनु पर्ने ।
३. राष्टियता, देशभक्ति, प्रकृति प्रेम, नैतिक आदर्श जस्ता सन्देश दिने, सामाजिक सदभावमा टेवा पु¥याउने,
४. बालगीत, बाल कविता अनुप्रास मिलेको पद्य वा गद्य, लयात्मक,
५. बाल गित, बाल कविता बढिमा ४/५ शब्दको एक हरफ भएको बडिमा ५/६ श्लोक,
६. बालकथा, मिथक, निबन्ध, जीवनी, संवाद जस्ता रचनाहरु बढिमा ५० देखि १०० शब्द सम्मको,
७. विम्ब, प्रतिक र अलंकारको सहज प्रयोग भएको रचनाहरु मौलिक हुनुपर्ने,
८. रचनाहरु नाछिरिङ भाषामा हुनुपर्ने र त्यसको नेपाली अनुवाद समेत उपलब्ध गराउनु पर्ने,
९. रचना सफा, प्रस्ट बुझिने अक्षरमा हुनु पर्ने छ,
१०. लेखक, रचनाकारको पुरा नाम, ठेगाना, फोन नंम्बर समेत उल्लेख गर्नु पर्ने छ ।

सम्पर्क
सक्कल बहादुर नाछिरिङ ९८६२०४४२२४,

रामकुमार नाछिरिङ – ९८६२८४६८०७,

इमेलः

nachhiringkirat@gmail.com

nachhiringram144@gmail.com

फेसबुक पेजः https://www.facebook.com/nachhirings
थप जानकारी:
www.nachhiring.org

लेख रचना उपलब्ध हुनु पर्ने अन्तिम मिति २०७६ कार्तिक २५ गते भित्र ।

किरात रदु नाछिरिङ साखाम केन्द्र, काठमाडौं

Leave a Reply

Your email address will not be published. Required fields are marked *


बिज्ञापन