Categories
समाचार

किरात रदु नाछिरिङ साखाम केन्द्रको अधिवेशन हुदै

किरात रदु नाछिरिङ साखाम केन्द्रको आठौ अधिवेशन यहि २०७९ फागुन ६ र ७ गते काठमाडौमा हुने भयको छ । “विभेद अन्त्यको लागि हाम्रो प्रतिबद्धता, पहिचान र अधिकारका लागि हाम्रो एकता” भन्ने मूल नाराका साथ संस्थाको नव निर्मित भवन, गोकर्ण काठमाडौमा अधिवेशन सम्पन्न हुने भयको हो ।

अधिवेशनमा काठमाडौ उपत्यका, विभिन्न जिल्ला समिति लगायत प्रवास समितिबाट समेत प्रतिनिधि तथा नाछिरिङहरु सहभागि हुदै छन् । किरात नाछिरिङको खोटाङ र सोलुमा सघन बस्ती छ भने, काठमाडौ उपत्यका, पूर्वि पहाडी जिल्लामा ओखलढुङ्गा (जुगेपानी), तेह्रथुम, भोजपुर, संखुवासभा, ताप्लेजुङ, पाँचथर, इलाम, धनकुटा, उदयपुर, सुनसरी, मोरङ, झापा लगायत अन्य जिल्लाहरुमा पनि बसाई सराइ भई बसोबास रहेको पाइन्छ ।

किरात रदु नाछिरिङ साखाम केन्द्रको सातौं महाधिशन २०७५ मंसिर १५ गते धरानमा भवयताकासाथ सम्पन्न गरी सकल बहादुर नाछिरिङको अध्यक्षतामा समिति निर्माण भएको थियो । २०७५ मंसिर १४ सम्म १ हप्ताको धरानमा विभिन्न जिल्लाको ३५ भन्दा बढि नाछिरिङ पुर्खाहरुको उपस्थितिमा पुर्खा भेला गरी हामी सबै एउटै नाछिरिङ हौ, हाम्रो भाषा एउटै नाछिरिङ हो भन्ने भेलाको मूल निष्कर्षका साथ संस्था अगाडि बढिरहेको छ ।

यस संस्थाले नाछिरिङ भाषाको पाठ्यक्रम निर्माण गरी कक्षा ३ सम्मको नाछिरिङ भाषाको पाठ्यपुस्तक प्रकाशन गरी केहि बिद्यालयमा पढाई भईरहेको छ ।

कोभिड माहामारीको बाबजुद पनि संस्थाले आर्थिक सहयोग संकलन गरी गोकर्ण काठमाडौमा जग्गा खरिद तथा रिदुम खिम (भवन) निर्माण कार्य ७५ प्रतिशत सम्पन्न गरेको छ ।

Nachhiring Building

तेस्तै उधौली उभौली, धेउसी तथा अन्य विभिद कार्यको आयोजना गर्ने तथा सहभागिता जनाउने कार्य समेत संस्थाले गरीरहेको छ ।

आगामि हुन गई रहेको किरात रदु नाछिरिङ साखाम केन्द्रको आठौ अधिवेशनबाट अझ सबल र सक्क्षम नेतृत्व छनौट होस र सम्पुर्ण किरात नाछिरिङहरुको हक हित र समृद्धिले उचाई लियोस हार्दिक शुभकामना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


बिज्ञापन