Categories
समाचार

नाछिरिङ विद्यार्थीलाई बधाई तथा शुभकामना प्रदान कार्यक्रम सम्पन्न

साउन ३२ ।

२०७५ सालको एस इ इ परिक्षामा नाछिरिङ सामुदायबाट उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई बधाई तथा शुभकामना दिने कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ ।

किरात रदु नाछिरिङ विद्यार्थी साखाम केन्द्रद्धारा आयोजित कार्यक्रममा शुभकामना मन्तब्य दिने क्रममा भाषाविद तथा त्रिवि उपप्राध्यपक डा. तारामणि राईले शिक्षालाई सामुदायसँग जोड्नु पर्ने भन्दै आफ्नो परिवार र समुदायलाई विर्सियो भने प्राप्त गरेको शिक्षाको कुनै अर्थ नहुने बताए ।

अहिले सम्म कोहि पनि नाछिरिङ सामुदायबाट भाषा विद नभएकाले भाषाविज्ञान अध्ययन प्रति चासो दिनु पर्ने सुझाव दिदै नाछिरिङ भाषाको काम गर्नको लागि नाछिरिङ समुदायबाट नै भाषा विद भए राम्रो हुने समेत डा. राईले बताएका छन् ।

बधाई तथा शुभकामना प्रदान कार्यक्रममा किरात राई यायोख्खाको उपाध्यक्ष गेन राई, कि.रा.या. ललितपुरका दिनेश नाछिरिङ, समाजवादी पार्टिका केन्द्रीय सदस्य पदम बहादुर नाछिरिङ, मातृ संस्था किरात रदु नाछिरिङ साखाम केन्द्रका अध्यक्ष सकल बहादुर नाछिरिङ, उपाध्यक्ष द्धय कमल कुमारी नाछिरिङ र भिमराज नाछिरिङ, पूूर्व अध्यक्ष तथा सल्लाहाकार निर नाछिरिङ लगायतले बधाई तथा शुभकामना दिएका थिए ।

कार्यक्रममा किरात रदु नाछिरिङ विद्यार्थी साखाम केन्द्रद्धारा नाछिरिङ सामुदायबाट सरकारी तथा निजि विद्यालयबाट २०७५ को एस. इ. इ. परिक्षामा उत्कृष्ट अंक प्रप्त गर्नेलाई छुट्टा छुट्टै बर्गिकरण गरी सम्मान समेत गरेको छ ।

सरकारी विद्यालय तर्फबाट सम्मानित हुने विद्यार्थीहरु
१. छवीराज नाछिरिङ
२. विक्रम नाछिरिङ
३. तिलाशेर नाछिरिङ
४. सुनिता नाछिरिङ
५. अर्जुन नाछिरिङ
६. प्रकृती नाछिरिङ
७. बुद्धराज नाछिरिङ
८. मनिशा नाछिरिङ
९. धन नाछिरिङ
१०. ममता नाछिरिङ
११. बविता नाछिरिङ

निजि विद्यालय तर्फ बाट सम्मानित हुने विद्यार्थीहरु
१. आयुशा नाछिरिङ
२. सुदिप नाछिरिङ
३. ओमन नाछिरिङ
४. रुश्मा नाछिरिङ
५.निशा नाछिरिङ
६. सम्योग नाछिरिङ
७. स्मारिका नाछिरिङ
८. डिना नाछिरिङ
९. दिपकला नाछिरिङ
१०. हिराधन नाछिरिङ
११. रचना नाछिरिङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *


बिज्ञापन