Categories
सूचना

तथ्याङ्क संकलन गर्नेबारे सूचना

किरात रदु नाछिरिङ साखाम केन्द्रले नाछिरिङ हरुको तथ्याङ्क संकलन गर्ने कार्यक्रम अनुरुप जिल्ला समितिहरुलाई तथ्याङ्क फारम केहि महिना अगाडि नै पठाइ सकेको छ । हामी नाछिरिङहरु कहाँ कहाँ, कति संख्यामा र कस्तो भाषिक तथा साँस्कृतिक अवस्थामा छौ भनेर पहिचान गर्नु नै तथ्याङ्क संकलनको प्रमुख उद्देश्य हो ।

हाल सम्म पाँचथर जिल्लाबाट साखाम केन्द्रमा आइसकेको तथा केहि जिल्लामा तथ्याङ्क सङ्कलन कार्य भै रहेको छ भन्ने जानकारी प्राप्त भएको छ । सम्बन्धित जिल्ला समितिहरुले चाँडो भन्दा चाँडो तथ्याङ्क संकलन गरि, गराई किरात रदु नाछिरिङ साखाम केन्द्रमा तथ्याङक उपलब्ध गराउन हुन केन्द्रीय समितिले हार्दिक अनुरोध गर्दछ ।

साथै सम्पूर्ण नाछिरिङहरुले तथ्याङ्क संकलन कार्यमा सहभागि भई, सहयोग गरि उक्त कार्यक्रम सफल बनाउन आम नाछिरिङ सामुदायमा केन्द्रीय समितिले हार्दिक अपिल गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


बिज्ञापन