Categories
संस्कृती

किरात पर्व उभाैलि (चासाेक ताङ्नाम) र बुद्ध जयन्तीकाे शुभकामना

मोहन नाछिरिङ, सोलु, हाल दक्षिण कोरिया /

किरात पर्व उभाैलि (चासाेक ताङ्नाम) र बुद्ध जयन्तीकाे शुभकामनाले सामाजिक सञ्जालकाे भित्ता रङ्गिदै गर्दा म पनि अछुताे रहन सकिन । यसै सन्दर्भमा यहाहरु सबैलाई शुभकामना सहित किरात बाैद्धिक वर्ग, समग्र किरात समुदाय र शुभचिन्तकहरुलाई सम्झन विवस छु ।

मुन्धुम:- संसारकाे सबै भन्दा पुरानाे धर्मग्रन्थ मुन्धुम हाे । पछिल्लो समय संसारभरिका प्रख्यात विश्वविद्यालयमा अध्ययन, अध्यापन गरिने समाजशास्त्र र मानवशास्त्रमा ( विशेषगरी मानवशास्त्र ) मानव उत्पतिकाे विकास र विकासक्रम हजारौं वर्ष पहिले देखिनै किरात मुन्धुममा व्याख्या गरिने प्रचलित किम्बदन्तिमाथि अध्ययन गरि वैज्ञानिक कारण सहित समाजशास्त्र, मानवशास्त्रकाे विकास गरेकाे पाईन्छ । मानवशास्त्र मुन्धुमकाे विशिष्ट वा परिमार्जित विषय हाे भन्दा न्यायाेचित कति हाेला याे बहस काे पाटाे रहला । मुन्धुमले प्रकृति भन्दा बाहिरकाे कल्पना गर्दैन, प्रकृति पुजक किरात धर्मले कुनै काल्पनिक भगवान र मुर्ति सग विस्वास राख्दैन केवल प्रकृति र अाफ्नाे कुल बाहेक । 
मुन्धुम र किरात धर्म संसारकाे सबै भन्दा पुरानाे विकसित धर्म मान्ने प्रमुख अाधारहरु वैज्ञानिक र पर्याप्त रहेका छन् । ती मध्य केही प्रमुख अाधारहरु :-
१) मानव उत्पति र यसकाे विकास चरण मुन्धुममा व्याख्या गरिएकाे जस्ताकाे त्यस्तै मानवशास्त्रले स्विकार गर्नु ।
२) किरातिहरुकाे सामाजिक रुपान्तरणमा पनि ढुङ्गे युग देखि अहिले सम्म अावाद गर्ने परम्परा, सीप, कला र सिकार खेल्ने परम्मरा उस्तै हुनु र ब्याख्या गरिनु । 
३) प्रचलित क्यालेन्डर वा मिति किरात येले सम्बत अंक गणितीय रुपमा सबै भन्दा धेरै हुनु ।
४) नेपालमा किराँती राजाहरुले सबै भन्दा धेरै शासन गरेकाे ईतिहास हुनु । 
५) किरातिहरुकाे ऐतिहासिक पहिचानकाे भुमि हुनु । 
६) शाह वंसकाे उदय वा कथित नेपाल एकिकरण पश्चात् पनि पुर्वि नेपालमा किपट प्रथा रहनु लगायत धेरै अाधार हरु छन् ।

मुन्धुम र किरात धर्म यति ठुलाे हाम्रो साझा सम्पत्तिलाई संरक्षण, सम्बर्द्धन, व्यवस्थित, विकास गर्ने जिम्मा राज्यको हाे तर राज्य नेपालकाे यस्तो प्राचीन र प्राकृतिक सम्पदालाई जाेगाउने पक्षमा छैन बरु सिध्याउने र एकात्मक नश्लवादि शासन गर्ने कार्यशैलिमा प्रस्तुत भईरहेकाे देखिन्छ ।

नेपाल सामाजिक, सांस्कृतिक, भाषिक, धार्मिक, प्राकृतिक रुपमा संसारकै धनी देश हाे । राज्यले संसारकाे पुरानाे धर्म किरात धर्म र किरातिहरु प्रति पटक पटक सिध्याउने कुचेष्टा गरेकाे जिउदाे ईतिहास छ तर बुद्ध जन्मेको देश र शान्तिकाे सन्देश बाेकेकाे शालिन बुद्ध धर्मलाई पनि चिन्न सकेन ।

सबै भाषा भाषि, धर्म, संस्कार संस्कृति नेपालकाे प्राचीन र अालाैकिक सम्पत्ति हाे । यसकाे संरक्षण, सम्बर्द्धन गर्ने जिम्मा राज्यकाे हाे अनि तपाई हामी सबैकाे हाे । हामी धर्मको नाममा नया अायातित धर्मकाे पछि लागेर अाफ्नाे अस्तित्व, पहिचान नामेट गर्ने काम नगराै, धर्मको नाममा डलरकाे खेति गर्ने, राजनिति गर्ने र कुकर्म गर्नेहरुलाई निरुत्साहित पार्न हामि सँग रहेकाे सम्पूर्ण प्राचीन र ऐतिहासिक महत्त्वकाे धर्म, संस्कार, संस्कृति, भाषा र राम्रो परम्परालाई बचाआैं त्यहि नै हाे हाम्रो वास्तविक धरातल र पहिचान । 


(नाेट: याे लेख बिल्कुल मेराे निजि अनुभव र अध्ययनबाट जन्मिएको लेख हाे । कसै प्रति असर परेमा क्षमाप्रार्थी छु । तर याे बहसकाे बिषय बनाउन अत्यन्त जरुरि हाे जस्तो लाग्छ ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *


बिज्ञापन