Categories
समाचार

सातौं अधिवेशनको अपिल

सम्पुर्ण किरात नाछिरिङहरुमा सेवा !

किरात रदु नाछिरिङ साखाम केन्द्र सम्पुर्ण नाछिरिङहरुको सम्मान र एकता गर्र्दै, हाम्रो भाषा, संस्कार, संस्कृतिको संरक्षण, संम्बद्र्धन र प्रवद्र्धन गर्दै राजनैतिक अधिकार र पहिचानको मुद्दालाई हल गर्न प्रतिबद्ध छ । हामी नाछिरिङ जाति आप्mनै आदिम भूमि – राधाम्मा, आप्mनै भाषा – नाछिरिङ, आप्mनै नाछिरिङ संस्कार संस्कृति र जिवन शैली भएको नेपालको एक आदिवासी भूमीपुत्र हौं । तर हामी नाछिरिङ जातिहरु आर्थिक रुपमा गरिब, सामाजिक रुपमा पछाडि, राजनितिक तथा प्रशासनिक क्षेत्रमा पँहुचविहिन अवस्थामा छौं । राज्य स्वरुपमा आमूल परिवर्तन आए पनि हामी नाछिरिङ जातिहरुले के उपलब्धी पायौं भनेर गम्भीर भएर सोच्नु पर्ने भएको छ । नाछिरिङ सामुदायले विगत देखि उठाउदै आएको नाछिरिङ हकहित र अधिकार प्राप्तीको लागि सम्पुर्ण नाछिरिङ सामुदायहरु शसक्त भएर एकजुट हुन जरुरी छ ।

२०७५ साल मंसिर ९–१४ गते सम्म धरान, सुनसरीमा नाछिरिङ पुर्खा भेला गरी किरात नाछिरिङ मुद्धुमबारे छलफल गरी अभिलेखिकरण गर्ने साथै नाछिरिङ पाठ्यक्रम तयार गर्नको लागि वर्ण पहिचान गर्ने कार्यक्रम छ । तेसैले आफ्नो क्षेत्रको भाषा संस्कार जान्ने पुर्खाहरुलाई उक्त पुर्खा भेलामा सहभागी गराउन सहयोग गरीदिनु हुनको लागि सम्पुर्ण नाछिरिङहरुमा अनुरोध छ ।

“विभेदको अन्त्य हाम्रो प्रतिवद्धता, पहिचान र अधिकारमा हाम्रो एकता” भन्ने मूल नाराका साथ २०७५ मंसिर १५ गते धरान, सुनसरीमा किरात रदु नाछिरिङ साखाम केन्द्रको सातौं महाधिवेशन भव्यताको साथ सम्पन्न हुन गईरहेको छ । नाछिरिङ भाषा, संस्कृति, परम्परा, धर्म, कला, परम्परागत शिप, प्रविधि र पहिचानको संरक्षण र विकास गर्दै आर्थिक, सामाजिक, शैक्षिक र राजनैतिकरुपले सबल बन्न सम्पूर्ण नाछिरिङ एकताबद्ध भई महाधिवेशनलाई सफल पारौं । उक्त महाधिवेशनमा सम्पूर्ण नाछिरिङ तथा गैर नाछिरिङ आमा बुबा, दाजुभाई तथा दिदिबहिनीहरुले आप्mनो तर्पmबाट सक्ने आर्थिक, भौतिक तथा नैतिक सहयोग गरी कार्यक्रम सफल पारिदिन हुन किरात रदु नाछिरिङ साखाम केन्द्र हार्दिक अपिल गर्दछ ।

किरात रदु नाछिरिङ साखाम केन्द्र
प्रचार प्रसार समिति

Leave a Reply

Your email address will not be published. Required fields are marked *


बिज्ञापन