Categories
समाचार

किरात रदु नाछिरिङ साखाम केन्द्रको सातौं महाधिवेशन सम्पन्न

किरात रदु नाछिरिङ साखाम केन्द्रको सातौं महाधिशन २०७५ मंसिर १५ गते भवयताकासाथ सम्पन्न भएको छ ।

प्रदेश नं १, खोटाङ (क) बाट निर्वाचित प्रदेश सभा सदस्य तथा नेकपा केन्द्रीय सदस्य माननिय राजन राईको प्रमुख आथित्यतामा सुनसरीको धरानमा सातौं महाधिवेशन सम्पन्न भएको हो ।

महाधिवेशनलाई शुभकामना दिने क्रममा प्रमुख अतिथि माननिय राजन राईले किराती सामुदाय भित्र रहेको २७ ÷२८ भाषा मध्ये केहि भाषा लोप हुने अवस्थामा पुगेको बताए । बाग्मती नदि किनारमा बहु जातिय सभ्यता, कर्णाली नदी किनारमा खस सभ्यता र कोशी नदी किनारमा किराती सभ्यताको विकास भएको तर्क गर्दै राईले थपे “हामीले हाम्रो मौलिक परम्परालाई बिर्सदै गएका छौं” । प्रमुख अतिथि राईले विकास हुनु भनेको भौतिक विकास मात्र नभै कला साहित्य, भाषा संस्कार, परम्पराहरुको सम्बद्र्धन हुन्छ भने मात्र राष्ट्रको सर्वाङ्गिीण विकास भएको मानिने बताए ।

भाषाविद डा. तारामणि राईले किरात नाछिरिङ सामुदायले पनि नाछिरिङहरुको अलिखित मौखिक परम्परामा रहेको ज्ञानलाई अभिलेखका रुपमा अभिलेखिकरण गर्ने काममा जुट्नु अत्यन्तै सकारात्मक भएको बताउदै उनले भने “हामी सँग भएको ज्ञानलाई लेख्य परम्परामा लान सकिएन भने केहि दशक पछि हामीसँग भएको ज्ञान लोप भएर जाने छ” ।

सोलुखुम्बु जिल्ला समन्वय समितिको प्रमुख विरकुमार नाछिरिङले हामी नाछिरिङहरुको बृहत उपस्थितिले हामी संगठित हुदै छौं भन्ने अनुभूति गरेको बताए ।

किरात रदु नाछिरिङ साखाम केन्द्रको पूर्व अध्यक्ष तथा सल्लाहकार निर कुमार नाछिरिङले नाछिरिङहरुको अस्तित्व पहिचान संकटमा रहेको औल्याउदै नाछिरिङ सामुदाय विच साँस्कृतिक एकता छैन, भाषिक एकता छैन भन्ने भ्रमलाई देशै भरीको नाछिरिङ पुर्खाको भेलाले त्यो भ्रम हटाएको छ तेसैले हामी नाछिरिङहरु जहाँ छरिएर रहे पनि सबै नाछिरिङ नै रहेको बताए ।

सोलु काठमाडौं रिदुम मिन्ताम नाछिरिङ समाजका अध्यक्ष भिमराज नाछिरिङले सातौं महाधिवेशनलाई देश विदेशबाट आशाको नजरले हेरेको बताउदै आगामि दिनमा आप्mनो सामुदायको हितको लागि अन्तर ह्रदयदेखि तन, मन र धनले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

किरात राई यायोख्खाको केन्द्रीय अध्यक्ष तिलक राईले पहिचान र संस्कृति भावि पुस्तामा पुस्ता हस्तान्तरण गर्नको लागि विभिन्न भाषिक सामुदायहरु संगठितरुपले अगाडि बढिरहेको बताए ।

किरात रदु नाछिरिङ साखाम केन्द्र, सुनसरी जिल्ला अध्यक्ष धन बहादुर नाछिरिङले सातौं महाधिवेशन सुनसरी जिल्लामा भएको प्रति खुसी व्यक्त गर्दै सम्पुर्ण नाछिरिङहरु एकताको मालामा उनिनु पर्ने बताएका छन् ।

किरात राई पत्रकार संघको केन्द्रीय अध्यक्ष भिम राईले नाछिरिङ भाषाको वर्ण पहिचान हुनु र पुर्खा भेला गर्नु भनेको किराती हुनुको अर्थ खोजी गरेको बताए । तुम्सोलीको सन्तान दुमी, साम्पाङ र नाछिरिङ ३ भाई हो भन्दै थपे “आज यस्तो संयोग मिलेको छ जेठा र माईलाको सन्तानले कान्छाको सन्तानलाई शुभकामना दिने अवसर जुटेको छ, हार्दिक शुभकामना ।”

किरात रदु नाछिरिङ साखाम केन्द्रको सल्लाहकार अगमसिंह नाछिरिङले पूर्वाञ्चलको सबै जिल्लामा छरिएर रहेको नाछिरिङहरुको जनसंख्या १० हजार मात्र हुनु दुखद भएको बताए ।

“विभेदको अन्त्य हाम्रो प्रतिवद्धता, पहिचान र अधिकारमा हाम्रो एकता” भन्ने मूल नाराका साथ सम्पन्न सातौं महाधिवेशनको सभाअध्यक्ष किरात रदु नाछिरिङ साखाम केन्द्रको अध्यक्ष सक्कल बहादुर नाछिरिङ रहेको उद्घाटन समारोह  महासचिव टेक नाछिरिङले कार्यक्रम सञ्चालन गरेका थिए । नाछिरिङ सामुदायको निकै बाक्लो उपस्थिती रहेको सातौं महाधिवेशनको अवसरमा संस्थाको मुखपत्र “सुप्तुलुङ” पत्रिका समेत विमोचन भएको छ । कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरुलाई सम्मान पत्र प्रदान गर्नुका साथै विविध साँस्कृतिक कार्यक्रमको प्रस्तुती रहेको थियो ।

सातौं महाधिवेशन  साँस्कृतिक कार्यक्रमको प्रस्तुती

2 replies on “किरात रदु नाछिरिङ साखाम केन्द्रको सातौं महाधिवेशन सम्पन्न”

Leave a Reply

Your email address will not be published. Required fields are marked *


बिज्ञापन