Categories
समाचार समिति सूचना

परिचय

परिदृश्य
समाज र राज्यमा पहिचान, प्रतिनिधित्व र पहुँच स्थापन गर्दै, नाछिरिङ जाति समुदायलाई आफ्नो मौलिक भाषा, धर्म, संस्कृति, भेषभुषा र इतिहासको संरक्षण सम्बद्र्धन तथा अध्ययन अनुसन्धान गर्दै, समाज र राज्यमा आफ्नो जातिय तथा सामुदायको सामाजिक, आर्थिक, शैक्षिक र राजनैतिक विकास गर्दै सामाजिक न्यायपूर्ण राजय तथा समतामुलक समाज निर्माणमा टेवा पु¥याउने ।

उद्देश्यहरू
नाछिरिङ जातिको भाषा, धर्म, संस्कृति, परम्परा, कला, ज्ञान, सिपहरूको संरक्षण सम्बद्र्धनगरी नेपालमा रहेका आदिवासी जनजातिहरूसंग भाइचारा धार्मिक र जातिय सहिष्णुता कायम राख्ने । राष्ट्र विकास निर्माणमा ऐक्यवद्धता गर्दै नाछिरिङ जाति समुदायको विकास उत्थान र चेतनाकासाथ आदिवासीहरूको अधिकार सम्बन्धी संयुक्त राष्ट्र संघिय घोषण पत्र र अन्तराष्ट्रिय श्रम संगठनको अभिसन्धी १६९, सि.वि.डि धारा ८ (व्) र यू.एन. ड्रिपमा उल्लेखित अधिकार सम्बन्धी काम गर्ने ।
रणनिति
सचेतिकरण र संगठन निर्माण र शसक्तिकरण माध्यमले समाज र राज्यमा प्रतिनिधित्व र पँहुचका लागि अधिकारमुखी एवं कर्तव्यमुखी कार्यक्रममा जोड दिने । नाछिरिङ समुदायलाई संगठित र सक्षम गर्दै सामाजिक, आर्थिक, शैक्षिक, राजनैतिक विकास र अवसरहरूमा आफ्नो पहिचान, प्रतिनिधित्व र पँहुच स्थापित गराउने ।
मुल्य मान्यता
संस्थाको उद्देश्यहरू प्राप्तीको लागि निम्न मुल्य  मान्यताले अभिप्रेरित गर्दछ ।
  • आपसी सदभाव त्याग र एकता
  • निःस्वार्थ सहभागीता, सहयोग र समझदारी
  • समता, निष्पक्षता र पारदर्शिता
  • इमान्दारीता र जवाफदेहिता
  • म!नव अधिकारको सम्मान
कार्यक्रमहरू
  • भाषा, संस्कृति, कला र साहित्य संरक्षण सम्बद्र्धन खोज, वृत्त चित्र निर्माण, अनुसन्धान तथा अभिलेखिकरण,
  • इतिहास र वंशवाली अध्ययन तथा संकलन,
  • राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा आदिवासी नाछिरिङ जातिको पहिचान तथा अधिकार स्थापना गर्ने ।

One reply on “परिचय”

Kirat Radu Nachhiring Sakham Kendra ko Bidhan drata, Karkaryelye bata pan number, Nabil Bank Bata Account number ra Samaj kallen ma samet sabai kam bhai sakeko xa. Ahile Ktm ra Lalitpur ma sangathan Bistar bhai sakeko xa safhat grahan garaunu matra baki xa aba chadai jilla jilla ma ra gaun ma sangthan bistar ko lagi jadai chhou. Alanu.

Leave a Reply

Your email address will not be published. Required fields are marked *


बिज्ञापन