Categories
समाचार

किरात रदु नाछिरिङ साखाम केन्द्रको अधिवेशन हुदै

किरात रदु नाछिरिङ साखाम केन्द्रको आठौ अधिवेशन यहि २०७९ फागुन ६ र ७ गते काठमाडौमा हुने भयको छ । “विभेद अन्त्यको लागि हाम्रो प्रतिबद्धता, पहिचान र अधिकारका लागि हाम्रो एकता” भन्ने मूल नाराका साथ संस्थाको नव निर्मित भवन, गोकर्ण काठमाडौमा अधिवेशन सम्पन्न हुने भयको हो । अधिवेशनमा काठमाडौ उपत्यका, विभिन्न जिल्ला समिति लगायत प्रवास समितिबाट […]

Categories
समाचार

किरात नाछिरिङहरु मुन्दुम घर बनाउन जुट्दै

कार्तिक ११ गते काठमाडौंमा किरात रदु नाछिरिङ साखाम केन्द्रले आयोजना गरेको देउसी भैलो कार्यक्रममा नाछिरिङहरुको साझा भवन मुन्दुम घर (रिदुमखिम) बनाउने उदघोषको साथ आर्थिक संकलन अभियानको घोषणा गरेको छ । साखाम केन्द्रले संसार भरीको नाछिरिङ तथा गैर नाछिरिङबाट सहयोग संकलन गरी काठमाडौंमा मुन्दुम घर (रिदुमखिम) बनाउनको लागि आर्थिक संकलन अभियान शुरु गरिएको हो। मुन्दुम घर […]

Categories
समाचार

नाछिरिङ पाठ्यपुस्तकको लागि लेख रचना उपलब्ध गराउनेबारे सूचना

किरात रदु नाछिरिङ साखाम केन्द्रले कक्षा २ को पाठ्य पुस्तक प्रकाशनको लागि पुस्तक लेखन समिति गठन गरिसकेको छ । उक्त कक्षा २ को नाछिरिङ भाषाको पुस्तकको लागि यहि कार्तिक २५ गते भित्रमा लेख रचना उपलब्ध गराई पाठ्यपुस्तक निर्माणमा सहयोग पु¥याउन हुन हर्दिक अनुरोध गर्दछौं रचनामा हुनु पर्ने विशेषताहरु: १. कक्षा २ मा अध्ययन गर्ने बाल […]

Categories
समाचार

नाछिरिङ संस्कार गर्न उपसमिति गठन

किरात रदु नाछिरिङ साखाम केन्द्रले आफ्नो सामुदायको लागि विविध गतिविधिहरु गर्दै आइरहेको सम्पूर्ण नाछिरिङ सामुदायलाई अवगत नै छ । आज यो संस्था सिङ्गो नाछिरिङ समुदायको भरोसाको केन्द्र बनेको छ । आम सामुदायले संस्थालाई गर्नुभएको प्रत्येक्ष परोक्ष सहयोगले थप हौसला प्रदान गरेको छ साथै भविष्यमा पनि निरन्तर सहयोग पाउने आशा र अनुरोध गर्दछौं । हामी नाछिरिङ […]

Categories
समाचार

नाछिरिङ विद्यार्थीलाई बधाई तथा शुभकामना प्रदान कार्यक्रम सम्पन्न

साउन ३२ । २०७५ सालको एस इ इ परिक्षामा नाछिरिङ सामुदायबाट उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई बधाई तथा शुभकामना दिने कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ । किरात रदु नाछिरिङ विद्यार्थी साखाम केन्द्रद्धारा आयोजित कार्यक्रममा शुभकामना मन्तब्य दिने क्रममा भाषाविद तथा त्रिवि उपप्राध्यपक डा. तारामणि राईले शिक्षालाई सामुदायसँग जोड्नु पर्ने भन्दै आफ्नो परिवार र समुदायलाई विर्सियो भने […]

Categories
समाचार संस्कृती

नाछिरिङ भाषाको पाठ्यपुस्तक सार्वजनिक

किरात नाछिरिङ भाषाको पाठ्यपुस्तक सार्वजनिक भएको छ । कक्षा–१ का विद्यार्थीहरुका लागि तयार पारिएको पाठ्यपुस्तक सोमबार सार्वजनिक गरिएको हो । किरात रोदु नाछिरिङ साखम केन्द्रले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा राष्ट्रगानका रचियता व्याकुल माइलाले ‘रुखम’ पुस्तक बिमोचन गरेका हुन् । पुस्तकमा नाछिरिङ भाषाको आधारभुत बिषयहरु राखिएका छन् ।

Categories
समाचार सूचना

नाछिरिङ भाषाको पाठ्यक्रम निर्माण सम्पन्न

काठमाडौं । किरात रदु नाछिरिङ साखाम केन्द्रले नाछिरिङ भाषाको पाठ्यक्रम निर्माणको कार्य सम्पन्न गरेको छ । नाछिरिङ जातिकोलोप हुन लागेको भाषा, संस्कृति, इतिहासको संरक्षण एवम् संवर्धन गर्न किरात रदु नाछिरिङ साखाम केन्द्रले विद्यालय आधारभूत तहमा स्थानीय मातृभाषा विषयको रुपमा पठनपाठन गर्नका लागि नाछिरिङ भाषाकोे पाठ्यक्रम निर्माण गरेको हो । पाठ्यक्रम निर्माण समिति, सल्लाहाकार तथा नाछिरिङ पुर्खाहरु […]

Categories
समाचार समिति

साखाम केन्द्रको उदयपुर जिल्ला समिति गठन, आर्थिक सहयोग प्राप्त

किरात रदु नाछिरिङ साखाम केन्द्रको उदयपुर जिल्ला समिति गठन भएको छ ।उदयपुर जिल्लामा बसोबास गरिरहेका नाछिरिङ समुदायको भेलाले गोपाल नाछिरिङलाई अध्यक्ष चुनेको छ । गत फागुन १८ गते किरात रदु नाछिरिङ साखाम केन्द्रको केन्दीय सदस्य विजय नाछिरिङको संयोजकत्वमा उदयपुर जिल्ला समिति गठन गरिएको हो । पदाधिकारीहरुको विवरणःअध्यक्ष – गोपाल नाछिरिङउपाध्यक्ष – मिन प्रसाद नाछिरिङसचिव – […]

Categories
समाचार समिति

कि. र. ना. सा. केन्द्र, दक्षिण कोरिया प्रवाश समिति गठन

दक्षिण कोरिया / किरात रदु नाछिरिङ साखाम केन्द्र, दक्षिण कोरिया प्रवाश समिति गठन भएको छ । दक्षिण कोरियामा रहेका नाछिरिङ सामुदायको विशेष भेला गरी प्रवाश समिति गठन गरिएको हो । उक्त भेलाले अशोक नाछिरिङलाई सर्वसम्मत अध्यक्षमा चुनेको छ । तेस्तै उपाध्यक्षमा रमेश नाछिरिङ र रोजिना नाछिरिङ, सचिव विक्रम नाछिरिङ, सहसचिव युवराज नाछिरिङ र कोषाध्यक्षमा धनकुमार […]

Categories
समाचार सूचना

नाछिरिङ साखाम केन्द्रको गतिविधिहरु सञ्चार माध्यममा

किरात रदु नाछिरिङ साखाम केन्द्रको गतिविधिहरु विभिन्न सञ्चार माध्यमहरुले समाचार बनाएका छन् । सम्पूर्ण अनलाईन मिडिया, पत्र पत्रिका, रेडिया,े टेलिभिजन तथा सम्पूर्ण पत्रकारहरुलाई धेरै धन्यवाद । जस्ताको तस्तै लिङ्क सहित नाछिरिङ भाषाको ३९ वर्ण – Nagarik News … किरात रदु नाछिरिङ साखाम (केन्द्र)को पहलमा विभिन्न १० जिल्लाका नाछिरिङ समुदायका पुर्खालाई सुनसरीको धरानमा भेला गरी वर्ण […]


बिज्ञापन