Categories
समाचार संस्कृती सूचना

नाछिरिङ

नेपालको विविध आदिवासी जनजातिहरू मध्ये किरात मुलका “नाछिरिङ जाति” समुदाय एक छुट्टै लोपन्मुख मातृभाषा, परम्परा, संस्कृति, धर्म, इतिहास, परम्परागत भूमि र छुट्टै पहिचान भएको एवं राष्ट्र विकासको मुल प्रवाहमा समाहित हुन नसकेको आदिवासी मानव समुदाय हो ।

नाछिरिङ जाति समुदायको आफ्नो छुट्टै मातृभाषा, सामाजिक संरचना संस्कार–संस्कृति, जिवन शैली र आदिम भूमि, अलिखित तथा मैखिक इतिहास भएको नेपालको एक आदिवासी मानव समुदाय भूमि पुत्र भन्ने प्रस्ट देखिनछ । यसरी यो जातिको भिन्नै पहिचान हुँदाहुदै पनि राष्ट्र विकासको मुल प्रवाहमा समाहित हुन नसकेको राज्यद्धारा उपेक्षित गरीएको जाति हो । राज्यको हरेक निकायमा पहिचान, प्रतिनिधित्व, पहँुच र नियण्त्रन नभएको अवस्था हुँदा भाषा संस्कृति परमपरा, धर्म कला, सिप, प्रबिधि, पहिचानको संरक्षण, उत्थान र विकास गर्दाै समुदायको अन्य सामाजिक, शैक्षिक, र आर्थिक आदिको विकास गर्न राष्ट्रको सर्वङगीण विकास, भातृत्व विकास, धार्मिक साहिस्णुता र राष्ट्रिय एकता राज्यको हरेक तह र निकाय सबै खाले विकास निर्माणमा सहभागी हुने संकल्पका साथ मिति २०७५/०२/०७गते जिल्ला प्रशासन कार्यालय काठमाडौमा दर्ता गरी यो संस्था विधिवत रुपमा स्थापना गरिएको हो ।
यो जातिको खोज, अनुसन्धान र अग्रज पुर्खाहरुको भनाई अनुसार तुम्सोलीको छोराहरू मध्ये कान्छा सन्तान नाछिरिङ हो । नाछिरिङका छोराहरु छुट्टीएर अलग अलग हुदै थुक्सी खोटाङ जिल्लाको राखा गए, रोचो वाङदेल गए र खेवाबु पारा गए । खप्दुलु सोलुखुम्बु जिल्लाको पिल्मोङ गए र राताप्खु सोही जिल्लाको सोताङ गए । यि जातिको मौलिक साझा भूमि सोलुखुम्बु जिल्लाको पूर्व क्षेत्र सोताङ पावै सबै गा.वि.स. र बुङ्ग, गुदेल, लोखिमका केहि ठाँउहरु साथै खोटाङ जिल्लाको उत्तरी भूभाग सोलुखुम्बु जिल्लासँग जोडिएको राखा वाङदेल, बाकाचोल बादेल, पारा, ऐसेलुखर्क दिम्मा, पातेल हवौउ, दिप्सुङ, सुङदेल, बासपानी, सिमपानी बाक्सीला, खार्ताम्छा, पाथेका गा.वि.स. फेदी पत्करु, डुम्रे धारापानी, माक्पा, सप्तेश्वर आदि गा.वि.स. हरुमा बसोवास रहेको छ । उल्लेखित भू–भागमा पर्ने विभिन्न स्थान, गाँउ, खोला नाला र भिर पाखाहरु नछिरिङ भाषामा नामाकरण गरिएको पाइन्छ । नाछिरिङ जाति समुदायलाई वर्तमान अवस्थामा सोताङ, वाङदेल, राखाली, पाराली, दिम्माली, पिल्मोङ/पिल्मोछा र नाम्लुछा जस्ता पर्यायवाची नाछिरिङ समुदाय बसोवास भएको गाँउठाँउको नामले पनि परीचित छन । यो जाति समुदायको बसोवास उद्गम थलो खोटाङ र सोलुखुम्बु   जिल्लाका साथै नेपालको विभिन्न जिल्लाहरुमा काठमाण्डौ, ललितपुर, भक्तपुर, पूर्वि पहाडी जिल्लामा ओखलढुङ्गा (जुगेपानी), तेह्रथुम, भोजपुर, संखुवासभा, ताप्लेजुङ, पाँचथर, इलाम, धनकुटा, उदयपुर, सुनसरी, मोरङ, झापा लगायत अन्य जिल्लाहरुमा पनि बसाई सराइ भई बसोबास रहेको पाइन्छ । त्यसैगरी विदेशमा अमेरीका, हङकङ, बेलायत, भुटान र भारतको सिक्कीम दार्जिलिङ लगायत विभिन्न प्रन्तहरुमा समेत रहेको पाइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


बिज्ञापन