Categories
समाचार

किरात रदु नाछिरिङ साखाम केन्द्रको सातौं महाधिवेशनको औचित्य

(मानविर सिंह नाछिरिङ)

किरात रदु नाछिरिङ साखाम केन्द्रको स्थापना रहर होइन, बाध्यता हो । हामी नाछिरिङ सामुदायहरु छुट्ने होइन जुट्नु पर्छ भन्ने मान्यतामा छु । किरात रदु नाछिरिङ साखाम केन्द्र समग्र नाछिरिङ समुदायको आशाको धरोहर हो, सातौं महाधिवेशन पश्चात संस्थाले थप महत्वपूर्ण जिम्मेवारी पाएको छ । विगतका दशकहरुमा भएको केही संस्थागत उपलब्धीहरुलाई रक्षा गर्दै नयाँ अग्रगामी दिशामा नयाँ ढंगले अगाडी बढ्न नितान्त जरुरी ठान्दै अग्रसर पनि छ । यो प्रतिबद्धताका साथ संसार भर रहेको नाछिरिङको चासो, सवाल तथा मुद्दालाई विना भेदभावका साथ संवोधन गर्न साझा संस्थाको रुपमा किरात रदु नाछिरिङ साखाम केन्द्रको स्थापना भएको हो ।

किरात रदु नाछिरिङ साखाम केन्द्रको औचित्य

नाछिरिङ जातिको हकहित र अधिकार प्राप्तीको लागि नाछिरिङ जातिको साझा संस्थाको रुपमा नाछिरिङ संस्था स्थापना २ दशक अघि नै भएको हो । पहिलो साढे एक दशकमा केही नाछिरिङ जातिका दस्तावेजीकरण भए तर सम्पूर्ण नाछिरिङ बिच पुग्न नसकीरहेको थियो र पछिलो आधा दशकमा केही महत्वपूर्ण दस्तावेजीकरणका साथ देश तथा विदेशमा संगठन विस्तार गरी सबै नाछिरिङ समुदायको बिचमा पुग्ने पुल बनाउने कार्य गरि नेतृत्वले २०७१ सालमा छैठौं अधिवेशन मोरङ जिल्लाको लक्ष्मीमार्गमा भव्य रुपमा सम्पन्न गरी नयाँ नेतृत्वलाई संगठन सञ्चालनको जिम्मा १० वटा जिल्लाको प्रतिनिधि सहितको उल्लेखनिय सहभागीताका साथ श्री गृहबहादुर नाछिरिङको अध्यक्षतामा संगठन संचालनको जिम्मा दिइएको थियो तर दुःखःका साथ त्यो नेतृत्व नाछिरिङको हितमा अयोग्य बन्यो साथै विगतमा भएको उपलब्धीहरु धरापमा पारिए, संस्थाको एक वटा बैठक समेत बस्न सकेन । बरु हामी नाछिरिङ बिच विभेद सृजना गरियो, हाम्रो नाछिरिङको अस्तित्वमा अरुले धावा बोल्दा समेत त्यसको विरोध गर्नको साटो त्यसैलाई टेवा पु्याउने काममा उद्दत भए साथै नाछिरिङ बिचमै ठाउँ विशेषको खोटाङ्गे र सोताङगे विच विभेद फैलाउने काम गरिएको प्रष्ट छ । विगतमा भएको विभिन्न जिल्लामा निर्मित जिल्ला समिति प्रवास समितिलाई नै ध्वस्त बनाई सम्पर्क विहीन बनाउने काम ग¥यो ।

यस्तो अप्ठ्यारो परिस्थितिमा पनि नाछिरिङ समुदायले धैर्यताका साथ आगामी नेतृत्व सक्षम र सबै सामु पारदर्शिताका साथ हस्तान्तरण गर्ने अपेक्षा गरेको थियो तर समुदायलाई बिना जानकारी र केन्द्रीय समितिका सबै सदस्यहरुलाई समेत थाहाई नदिई २०७४ साल माघ २० गते ललितपुरको १ चिया पसलमा पारिवारिक वातावरणमा आफ्नै परिवार भित्रै सबै नेतृत्व दिने मनसायले अधिवेशनको नाटकीय मञ्चन गर्ने काम ग¥यो । त्यस गलत हर्कतको जानकारी प्राप्त भएपछि काठमाडौंमा बस्ने नाछिरिङहरुले चासो दिए पछि विभिन्न जिल्लाको संगठनसँग सम्पर्क विहिन भएकोले औपचारिकता पु¥याउँन काठमाडौंमा अवस्थित विभिन्न जिल्लाको नाछिरिङ व्यक्तिहरुलाई प्रतिनिधि स्विकार्ने नाटक रची सम्मेलन सम्पन्न गर्ने प्रयास भयो । यसमा पनि सम्मेलनको अवधिमा प्रतिनिधि पठाएको व्यक्तिहरुको नाम कटाई आफ्नो भाई भान्जाको नाम राखेर र विधान र संगठनको हित भन्दा व्यक्तिगत हितमा काम गर्ने लाजमर्दो प्रयास भयो । सूचना नै नदिई स्वत स्फूर्त गएको नाछिरिङ सामुदाय र प्रतिनिधिको रुपमा रहेको करिब जम्मा जम्मी ३०–३५ जना मात्र हुनु आफैमा अधिवेशन लज्जास्पद थियो र त्यहाँ क्षेत्रको आधारमा घरयासी नाताका आधारमा विभेद गर्ने बहुत प्रयास गरी, प्रतिनिधिहरुलाई अभद्र व्यवहार गरि पुलिस बोलाउने धम्कीदिई घरफर्काउने प्रयास समेत गरियो । यसैको बावजुद प्रतिनिधिको रुपमा रहेको सम्पूर्ण जिल्लाको प्रतिनिधिहरु धेरै आयोजक समिति र उपस्थिति बाँकीले यस्तो विधिविधान बिनाको अधिवेशनको विरोध गरेपछि पुनः अर्को अधिवेशन गर्ने सहमतीका साथ श्री गृह बहादुरले केन्द्रीय समितिको बैठक बोलाएर अधिवेशनको समय निर्धारण गर्ने प्रतिबद्धता गरेपछि सम्पूर्ण प्रतिनिधि÷पर्यव्यक्षक तथा उपस्थिति नाछिरिङ समुदायहरु घर फर्के पछि त्यहाँ बसेका ४–५ जना आयोजक र ४–५ जना आफ्नै घरको आफन्त पुनः भेला भई जम्मा ११ जना जतिको पारिवारिक सल्लाहमा त्यही दिनको राती अपरिपक्क मुर्ख नातेदारलाई टिका लगाएर पद विभाजन गरी सम्पूर्ण नाछिरिङको अपहेलना साथै साझा संस्थाको रुपमा रहेको संस्थाको बदनाम मात्र भएन हाल सम्मको संस्थागत उपलब्धी तथा मुल्य मान्यतालाई समेत समाप्त पार्ने काम भयो । यो सम्पूर्ण नाछिरिङको लागि अति आपत्तीजनक र दुःखद घटना बन्यो । त्यसको बावजुद पनि सम्पूर्ण जिल्लाको नाछिरिङ भेला भई छलफल गरी सच्चयाउनु पर्ने र प्रतिबद्धता गरिएको अनुसार अधिवेशन गराउनु पर्ने माग पटक पटक गरी तिन चार पटक प्रेस विज्ञप्ती समेत जारि गरि विधिवत रुपमा जान माग गर्दा समाधान गर्नको साटो आरोप लगाउने, अपशब्द प्रयोग गरि सामाजीक संजालमा गाली गर्ने गरियो । नाटकीय रुपमा संजालमा बादेले भतुवा, सोताङ्गे कुलुङगे, विदेशमा बस्ने गोठाला र अन्य ठाउँमा बस्ने नाछिरिङ नै होइन भन्ने अभिव्यक्ति सामाजिक संजालमा दिएको प्रमाण भेटियो । यस्तो विचारहीन व्यक्तिहरुले कुनै पनि हालतमा नाछिरिङहरुलाई एकता, सम्मान गर्ने हैसियत र अधिकार रक्षा गर्ने कुनै लक्षण नभएकोले २०७४ साल चैत्र ३ गते विभिन्न जिल्ला तथा प्रवासमा रहेको नाछिरिङहरुको ३०० जना भन्दा बढीको आम भेलाको गम्भीर छलफलबाट विना सर्त हामी नाछिरिङको अधिकार अस्तीत्व, एकता, सम्बृद्धीको लागी नयाँ संस्था खोल्नुको विकल्प नभएको निष्कर्ष सहित संसारभर रहेको नाछिरिङहरुको साझा संस्था किरात रदु नाछिरिङ साखाम केन्द्रको स्थापना भएको सर्वविदितै छ ।

प्रथम नभएर सातौं महाधिवेशन किन?

किरात रदु नाछिरिङ साखाम केन्द्र संस्था पुरानै, विचार पुरानै, मूल्य मान्यता पुरानै, मात्र नयाँ रुपमा आएको हो । नाछिरिङ सामुदायलाई युगौं सम्म कसैले गुम्राहामा राख्न खोज्छ भने त्यो दिवा सपना मात्र हुने छ, अहिलेका नाछिरिङ सामुदायहरु सचेत र सक्षम छन् । त्येसैले यो संस्था विगतमा भएका उपलब्धीहरुलाई रक्षा गर्दै, वर्तमान चुनौतीहरु सँग जुद्धै नाछिरिङ सामुदायको हकहितको लागि संघर्ष गर्ने जुझारु संस्था हो । किरात रदु नाछिरिङ साखाम केन्द्रमा भएका कार्यसमितीमा निस्वार्थ सक्षम व्यक्तीहरुले जिम्मेवारी पाएका छन् । किरात रदु नाछिरिङ साखाम केन्द्रले २ दशक अघि स्थापना भएको किरात नाछिरिङ संस्थाको सिद्धान्त, मुल्य र मान्यतालाई अंगिकार गरेको छ । बरु पुरानो मूल्य र मान्यतालाई थप शसक्त ढंङ्गले अघि बढाउदै नयाँ उचाईमा पु¥याउन जिम्मेवारी प्राप्त गरेका छन् ।
भर्खरै धरानमा सम्पन्न सम्पूर्ण नाछिरिङ सामुदायको सातौ महाधिवेशन लामो निराशालाई चिर्दै आशाका साथ उपस्थिति भएको नाछिरिङरुको ठूलो जमात थियो । पहिलो महाधिवेशन नभएर किन सातौं महाधिवेशन भनियो भन्ने कतिपयलाई लागेको छ, तर हामी संख्याको पछि लाग्ने कि उपलब्धीको पछि लाग्ने? संस्थाले विगतमा पाएको उपलब्धीहरुलाई रक्षा गर्दै, विगतमा नाछिरिङ अग्रजहरुले गरेका योगदानलाई उच्च मुल्याङ्कन गर्दै उपलब्धीको स्वामित्व लिई नाछिरिङ समुदायको भावि चुनौंतीसँग जुध्ने निरन्तरता यो किरात रदु नाछिरिङ साखाम केन्द्रको काँधमा आएको छ ।
गृह बहादुरलाई अध्यक्ष बनाउने मोरङको छैठौं महाधिवेशनको आयोजक तत्कालिन केन्द्रीय समिति, सक्कल बहादुर लगायत मोरङका साथीहरु थिए । छैठौं महाधिवेशनको आयोजक तथा सहभागिहरुले प्रथम महाधिवेशन गर्ने कुरै भएन, गर्ने सातौं नै हो ।
तेसैले हामी सम्पूर्ण नाछिरिङहरु कसैको, व्यक्तिगत, नातागत र पदको पछि नलागौं, कुनै भ्रामक हल्लाको पछाडि नलागि सत्य तथ्य बुझेर समग्र सामुदायको हक हितको लागि एक जुट हौं ।


कस्तो छ त किरात रदु नाछिरिङ साखाम केन्द्रको नयाँ नेतृत्व ?

५०० भन्दा बढि नाछिरिङ सामुदायको उपस्थिती विच मंसिर १५, २०७५ धरानमा सम्पन्न सातौं महाधिवेशनको उद्घाटन सत्र तथा १५० भन्दा बढि देश विदेशको प्रतिनिधि तथा पर्यवेक्षेकबाट निर्वाचित नाछिरिङ सामुदायको लागि जिम्मेवार समिति हो ।
अध्यक्ष – सक्कलबहादुर नाछिरिङ – उमेरले पाको, आर्थिक तथा भौतिक रुपले सम्पन्न तर नाछिरिङ सामुदायको हक हितको लागि डटेर लड्ने व्यक्ती हुन् । उस्तै हुँदो हो त कतै युरोपतिर रमाइलो जिन्दगी सयर गर्थे होलान, लिन्न थिए कुनै नाछिरिङको तनाव । तर साखाम केन्द्रको स्थापना पछि धेरै नाछिरिङ बस्तीमा पुगेका छन् घस्रदै लट्ठी टेकेर, सातौं महाधिवेसन सफल पार्नलाई मरी मेटेर खटिए । अध्यक्ष हुनु उनको चाहाना होइन बाध्यता हो, लाग्छ सम्पूर्ण नाछिरिङको भरोसा छ उहाँ माथि तेसैले त अधिवेशन हलले फेरी बनायो उनैलाई अध्यक्ष ।
उपाध्यक्ष – कमलकुमारी नाछिरिङ– आप्mनै व्यवसाय छ जमर्को नामको । आप्mनै दाजुभाईले बादेले भतुवा भनेको चित्त बुझदैन उनलाई । भ्रम फिजाउने साथीहरु, भ्रम्को खेती धेरै टिक्दैन यो कटु सत्य हो ।
उपाध्यक्ष – भिमराज नाछिरिङ – यती एयरलाइन्समा जागिर छ, सोलु काठमाडौं रिदुम मिन्ताम नाछिरिङ समाजको अध्यक्ष पनि हुन् उनी । कार्यालय जानु छोडेर आए धरान महाधिवेशनमा, नाछिरिङ सामुदायको लागि तन, मन र धनले सहयोग गर्ने वचन सार्वजनिक गरेका छन् ।
महासचिव – टेक नाछिरिङ– अघिल्लो समितिहरुमा रहेर नाछिरिङ सामुदायको लागि योगदान गरिरहेको पुरानै नाम हो । उनको आप्mनै व्यवसाय छ गोंगबु, काठमाडौंमा । व्यावसायबाट लामै बिदा लिएर बसे धरानमा पुर्खा भेला देखि महाधिवेशन सम्म लामै, उनको अनुपस्थितिमा व्यवसायले घाटा नाफा त के ग¥यो थाहा भएन तर सिङ्गो नाछिरिङ सामुदायलाई भने फाइदै भएको छ, सायद इतिहासले मुल्याङ्कन गर्ला ।
सचिव – सरिता नाछिरिङ – पूर्व कोषाध्यक्ष हुन्, इलामबाट काठ्माडौं सरे पनि केहि व्यवसाय र पुर्खोउली विरासत इलाममै छ । इलाम तिर नि नाछिरिङ सामुदायको बसोबास छ भन्ने चाँहि कुवाको भ्यागुताहरुलाई थाहा छ कि छैन कुन्नी ?
सचिव – फनिन्द्र नाछिरिङ – उनी पर्यटन व्यवसायी ट्रेकिङ तथा टुर गाइड हुन् । मंसिरको मध्ये सिजनमा विदेशी घुमाउदै उत्तर जानु पर्नेमा महाअधिवेशनको लागि झरे दक्षिण पूर्वी धरान ।
कोषध्यक्ष –प्रभा नाछिरिङ – विहानै कलेज, दिउसो अफिस वेस्ताता आप्mनै छ । नाछिरिङ सामुदायको हक हितकोलागि कलेज र अफिसमा धेरै हाजिर छुटाएका छन् उनले ।
सदस्यहरु – सातौ महाधिवेशनले भौगालिक रुपले समावेशी प्रतिनिधित्व चयन गरेको छ । एक दुई जनाले चाहेर पनि कुनै व्यक्तिगत स्वार्थ पुरा हुने छैन । संस्थाको हरेक गतिविधि सामुहिक निर्णय र सामुहिक सहभागितामा सम्पन्न गर्न यो समिति सक्षम छ भन्ने मैले विश्वास गरेका छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


बिज्ञापन