उभौलीको शाब्दिक अर्थ उभोतिर अर्थात मास्तिर भन्ने बुझिन्छ । बैशाखे पूर्णिमा पछि ऋतु परिवर्तन भएर जाडोबाट गर्मि सुरु हुन्छ, गर्मि आउलबाट लेकतिर सर्दै जान्छ, रुख-बिरुवाको पालुवा पनि पहिले गर्मि क्षेत्रमा र पछी लेकतिर पलाउने गर्दछ, चरा माछाहरु पनि तलतिर धेरै गर्मि हुने हुँदा उपयुक्त हावापानी खोज्दै उकालो अर्थात लेकतिर जाने गर्दछ अनि गर्मि संग-संगै खेतिको समय सुरु हुन्छ । लगाइने बालि सप्रोस, हावापानी राम्रो होस् भन्ने कामना गर्दै बैशाखे पूर्णिमामा उभौली चाड मनाइन्छ।
Categories